
काठमाडौं, जेठ ६ – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका लागि सुरु हुने आन्दोलनलाई निर्णायक र ऐतिहासिक बनाउने दाबी गरे।
लिङ्देनका अनुसार आन्दोलनले सत्तारूढ नेताहरुलाई गम्भीर निर्णय लिन बाध्य पार्नेछ। उनले भने, “प्रधानमन्त्रीलाई सम्झौता नगरे स्थिति आउँदा हेलिकोप्टर चढेर जान छुट दिनुपर्छ,” भन्दै आफूहरूको आन्दोलन कडा तर अहिंसात्मक हुने स्पष्ट गरे।
उनले बंगलादेशको सन्दर्भ दिँदै, शासक भाग्ने अवस्था आउने दिन अब टाढा छैनू भनेका छन्। यसअघि पनि उनले यस्तो अभिव्यक्ति दिएका थिए, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मै ूकहाँ भाग्ने, कता भाग्नेरुू भन्दै व्यंग्य गरेका थिए।
लिङ्देनले यसपटकको आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्ने दृढता व्यक्त गरे। उनले जनताको आवाज र चाहनालाई सम्मान गर्दै लोकतान्त्रिक तरिकाले आफ्नो आन्दोलन अघि बढाउने बताए। आन्दोलनको स्वरूप शान्तिपूर्ण भए पनि गम्भीर प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे