
काठमाडौँ, १४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई प्रतिनिधि सभातर्फ समानुपातिकमा मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
नेता शर्माले सामाजिक सञ्जाल मार्फत एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन गठबन्धन दलहरुले भोट हालेर सहयोग गर्न अपिल गरेका हुन् । प्रतिनिधि सभाको समानुपातिक तर्फ थ्रेस होल्ड कटाउन नेकपा समाजवादीलाई केही हजार भोट आवश्यक पर्नै भएकोले गठबन्धन दलले सहयोग गर्नुपर्ने उहाँको आग्रह छ ।
उनले चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा गठबन्धन दलले समानुपातिक कलमलाई भोट दिएर सहयोग गर्नुपर्ने उनले जोड दिएका छन् ।
‘गठबन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्ताव : पहिलो कुरा अवको बाँकी गणनामा आफै ३% पुगोस् कामना गरौ ! थोरैले अपुग हुन गएमा अव चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधि सभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं’, ‘शर्माले लेख्नुभएको छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे