
काठमाडौँ, २६ श्रावण । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिन मतदातालाई आग्रह गरेका छन्।
उनले यसअघिको स्थानीय निर्वाचनमा पनि नेतृत्व चयन गर्दा इमानदारी, क्षमता र परिपक्वतालाई विचार गर्न भनेको स्मरण गर्दै यसपटकको संघिय निर्वाचनमा मतदातासँग यस्तो अपिल गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा मार्फत भनेका छ, मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने (( इमानदारी, क्षमता र परिपक्वता।
उनले इमानदारी र क्षमताको परिक्षण हुँदै जाला तर जनप्रतिनिधिमा परिपक्वता नहुँदा कच्चा काम हुने उनको तर्क छ ।
‘इमानदारी र क्षमताको परिक्षण हुँदै जाला, ‘परिपक्वता’ भएन भने कस्ता ‘कच्चा’ काम हुन्छन्, परिणाम देखिन थालेको छ। कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा, गर्दा, हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ, उनले भनेका छन् ।’
मिश्रले संघीय निर्वाचनमा नबहकिइ इमानदारी, क्षमता र परिपक्वतालाई महत्व दिन अपिल गरेका छन् ।
‘संघीय निर्वाचन आउँदैछ। इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ। बहकिने काम नगरौँ। विचारभन्दा माथि देशलाई राखौँ!, ‘उनले भनेका छन् ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे