
काठमाडौं, साउन १६। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कोदो दिवसको अवसरमा कोदोको उत्पादन र उपभोग बढाउन सबैलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै ओलीले कोदो परम्परागत खाद्यान्न मात्र नभई पोषणीय हिसाबले पनि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उनले भने, “कोदोको उत्पादन बढाऔँ, कोदोका परिकार उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !”
ओलीका अनुसार कोदोलाई कम ग्लाइसेमिक इन्डेक्स हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र यसमा रहेको फाइबरले हृदय स्वास्थ्यमा सहयोग पुर्याउने गर्दछ। सिँचाइबिना उत्पादन गर्न सकिने यो उपयोगी बालीलाई प्रवर्द्धन गर्न सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे