
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा सबै बालबालिका र अभिभावकलाई शुभकामना दिएका छन्। उनले भदौ २९ गते मनाइने बालदिवसले शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा लगानी गर्न प्रेरणा दिने बताए।
राष्ट्रपतिका अनुसार संविधानले बालबालिकाका हक सुनिश्चित गरेको छ, तर अझै पनि धेरै बालबालिका अधिकारबाट बञ्चित छन्। उनले बाल हिंसा, दुर्व्यवहार र अमानवीय व्यवहार रोक्न सबै जिम्मेवार निकायहरूलाई आग्रह गरे।
बालबालिकाका लागि निःशुल्क र गुणस्तरीय शिक्षा, पोषण, खोप, सुरक्षित वातावरण र समान अवसर आवश्यक भएको उल्लेख गर्दै उनले सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरे। बालबालिकाको उज्वल भविष्यका लागि सबैमा प्रेरणा मिलोस् भन्ने राष्ट्रपति पौडेलको कामना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे