
काठमाडौं, १५ भाद्र । पर्वतमा चितुवा मृत भेटिएको छ । जिल्लाको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा धानखेतमा शुक्रबार चितुवा मृत फेला परेको हो ।
स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । झन्डै तीन वर्षजति उमेरको देखिने चितुवाको शरीरमा घाउचोट केही नदेखिए पनि केही दिन अगाडि नै मरेको पाइएको जनाइएको छ ।
पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे