
काठमाडौँ — एमालेको ११औँ महाधिवेशनअघि उम्मेदवारी दर्ता प्रक्रिया सक्रिय भएको छ। अध्यक्षमा तेश्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका केपी शर्मा ओलीले आफ्नो प्यानलका उम्मेदवारको टुंगो लगाइरहेका छन्। यसैबीच, सचिव पदमा दोहोर्याएर उम्मेदवारी दिन प्रस्ताव भएका नेता लेखराज भट्टले सचिव पदको उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
भट्ट यसअघि सचिव थिए र उपमहासचिव पदमा उम्मेदवारी दिने इच्छामा थिए, तर ओलीले सचिवमै दोहोरिन प्रस्ताव गरेका थिए। संस्थापन पक्षमा व्यवस्थापन जटिल भएपछि, महासचिव पदका आकांक्षी पृथ्वी सुव्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे