
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । एसपीपी बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आज (आइतबार) बिहानको बैठकमा बाेलाएपछि प्रधानमन्त्री देउवा अनुपस्थित हुनुभएको हो ।
नेकपा एमालेका नेता तथा पूर्वरक्षामन्त्री भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको भन्दै आफूले समेत हस्ताक्षर गरेर बनाएको प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाएका छन् ।
आजको बैठकमा समितिले प्रम देउवाको अमेरिका भ्रमणबारे सवालजवाफ गर्ने तय भएको थियो । तर उक्त बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि समितिको अपमान भएको ठहर गरिएको छ ।प्रधानमन्त्री देउवा संसदीय समितिको बैठकमा अनुपस्थित भएको भन्दै खेद प्रस्ताव पारित गर्न माग गरिएको छ ।
समितिले गत शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग एसपीपीका विषयमा छलफल गरेको थियो ।गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे