
काठमाण्डौ ।लक्ष्मी सनराइज बैंकको 𝐖𝐨𝐦𝐞𝐧’𝐬 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐢𝐚𝐥 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬 𝐃𝐞𝐩𝐚𝐫𝐭𝐦𝐞𝐧𝐭ले इन्वेस्ट फर इम्प्याक्ट नेपालसँगको सहकार्यमा महिला उद्यमीहरूको सहयोगको लागि एक नयाँ पहल सुरु गरेको छ।
हालै सम्पन्न तीन दिवसीय ‘ट्रेनिङ अफ ट्रेनर्स’ (ToT) कार्यक्रममार्फत, बैंकका २१ दक्ष पेशेवरलाई महिला नेतृत्वमा आधारित व्यवसायहरूको लागि लक्षित प्रशिक्षणको डिजाईन र कार्यान्वयनका लागि आवश्यक सीप प्रदान गरिएको छ। यस कार्यक्रमले महिला उद्यमीहरूको लागि विशिष्ट तालिम र परामर्श सेवाहरुको थालनी गरिसकेको छ।
यो पहलले महिलाहरूका लागि व्यापारको क्षेत्रमा ज्ञानका अभावलाई पुरा गर्दै, उनीहरूको उद्यमशीलता प्रवृत्तिलाई प्रोत्साहन गर्न लक्ष्य राखेको छ। यस प्रयासले देशभरि महिला उद्यमीहरूको लागि एक समावेशी, सशक्त र समृद्ध वातावरण निर्माण गर्ने दिशामा नयाँ कदम चालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे