
काठमाण्डौ। कहिलेकाहीं प्राविधिक समस्याका कारण तपाईंको पैसा काटिएको भए पनि भुक्तानी प्राप्त नहुन सक्छ। लक्ष्मी सनराइज बैंकले यस्तो समस्याको समाधान अब सजिलो बनाएको छ। अब तपाईंलाई बैंकमा गई निवेदन दिनु पर्ने आवश्यकता छैन। मोबाइल मनी एप मार्फत तपाईंले सजिलै ‘Report Dispute‘ (विवाद रिपोर्ट गर्नुहोस्) गर्न सक्नुहुन्छ।
यस प्रक्रियामा, तपाईंले आफ्नो स्टेटमेन्टमा गई समस्या भएको रकममा क्लिक गर्नु पर्नेछ। यसले तपाईंको कारोबार प्रकार अनुसार केही समयमा पैसा फिर्ता गर्न मद्दत पुर्याउँछ। यस प्राविधिक प्रक्रियाले ग्राहकलाई समयमै र सजिलो समाधान उपलब्ध गराउँदै लक्ष्मी सनराइज बैंकको डिजिटल सेवामा विश्वसनीयता थप गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे