
काठमाडौँ ,४ असोज | नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय सीमा आज सकिँदै छ । नेपाल नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दोस्रोपटक पठाएको आज १५ दिन भएको छ ।
संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले यो विधेयक पास गर्नुपर्छ । राष्ट्रपतिले उक्त विधेयकमा दोस्रो पटक पनि लालमोहर नलगाए उक्त विधेयक स्वतः निस्क्रिय हुनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाले भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए ।राष्ट्रपति भण्डारीले पुनर्विचार आवश्यक रहेको भन्दै साउन २९ गते फिर्ता पठाएकी थिइन् थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे