काठमान्डौ , २७ जेठ -पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ ।
जिल्ला ट्राफिक कार्यालय तनहुँका अनुसार सडक भत्किएको मर्स्याङ्दी नदी किनारमा दुई शव फेला परेको जानकारी दिएको छ । तर मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए ।
मोटरसाइकल पहिरोमा पुरिएको अवस्थामा भेटिएको र कार नदीमा डुबेको देखिएको प्रहरीले जनाएको छ ।मोटरसाइकल र कार पहिरोमा परेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
गएरातिदेखि वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भत्किएको हो । यसका कारण राजमार्ग अवरुद्ध बनेको छ ।आज बिहान ३ बजेतिर सडक भासिएको हो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीसहित गोताखोरहरु परिचालन गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे