
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीस्थित केन्द्रीय कार्यालयको लागि भाडामा लिएको भवन खाली गर्न घरधनीले आग्रह गरेका छन्। घरधनी भरतमणि देवकोटाका अनुसार, रास्वपाले लामो समयदेखि घरभाडा नतिरेको र सुरक्षासम्बन्धी कारणले उनले भवन खाली गरिदिन तीन महिनाको समय दिएका हुन्।
देवकोटा हाल अमेरिका रहेका छन्। उनका अनुसार रास्वपाले उक्त भवन मासिक तीन लाख पचास हजार रुपैयाँमा भाडामा लिएको थियो। रास्वपाका अनुशासन आयोग प्रमुखसमेत रहेका देवकोटा अमेरिका गइसकेपछि उनको स्थानमा अर्का व्यक्तिलाई कार्यवाहकको रूपमा जिम्मेवारी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे