
काठमाडौँ, असोज १६ । लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले ग्राहकको स्वास्थ्यसँग खेलवाड गरेको आरोपमा २० हजार रुपियाँ जरिवाना गरेको छ। मङ्गलबार उपप्रमुख रामचलितर महतोको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेको थियो।
अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरु सामेल थिए। टोलीले कृष्णा सप्लायर्समा लाखौँ रुपैयाँ मूल्यका म्याद गुज्रिएका पेयपदार्थ फेला पारेको छ भने ऋषिजल पानी कम्पनीले ुमिनरल वाटरुको मूल्य बढीमा बिक्री गर्दै गरेको पाइयो।
कृष्णा सप्लायर्सलाई म्याद गुज्रिएका रु १,२५,६८० मूल्यका पेयपदार्थ तीन दिनभित्र नष्ट गर्न आदेश दिइएको छ, जबकि ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे