
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत ५४ जना कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ। लोक सेवा आयोगको सहमतिपछि यो सूचना प्रकाशित गरिएको हो।
आवेदनका लागि योग्य नेपाली नागरिकले पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र र भरिएको फाराम २१ दिनभित्र त्रिपुरेश्वरस्थित केयूकेएलको मानवश्रोत शाखामा बुझाउनु पर्छ। म्याद पुगेपछि पनि ७ दिनसम्म दोब्बर शुल्क तिरेर आवेदन दिन सकिनेछ।
सार्वजनिक बिदा परेको दिनको भोलिपल्टसम्म पनि आवेदन स्वीकारिनेछ। सम्पूर्ण विवरण केयूकेएलको आधिकारिक सूचनामा उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे