
काठमाडौँ , असोज २५ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित भएका छन्। कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव महिलामा कैलालीकी भागरथी बिष्ट र उपसचिव खुुलामा कञ्चनपुरका नरबहादुर बिक सर्वसम्मत चयन भएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे