
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्ष होली पर्व शान्त र सुरक्षित रूपमा मनाउन सबैलाई आग्रह गरेको छ। आउँदो प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले होली आफ्नै घरको कम्पाउन्डभित्र, आफन्त र साथीभाइसँग मात्र मनाउन भनेको हो।
प्रशासनले सूचना जारी गर्दै होली खेल्दा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह, लोगो वा उम्मेदवारको तस्बिर भएका टिसर्ट, गम्छा, टोपीजस्ता कपडा प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ। यस वर्ष पहाडमा फागुन १८ गते र तराईमा फागुन १९ गते होली मनाइँदैछ।
त्यसैगरी, कसैको इच्छाविपरीत रङ दल्ने, पानीको लोला वा फोहोर हान्ने, बाटोमा होहल्ला र झगडा गरे कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। खुला सडक र सार्वजनिक स्थानमा भिडभाड, मेला, सांगीतिक कार्यक्रम तथा मादक पदार्थको बिक्री र सेवन पनि निषेध गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे