
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्ने भएको छ।
महानगरको बजेट आज आइतबार दिउँसो २ बजे बस्ने नगरसभा बैठकमार्फत प्रस्तुत गरिनेछ। यसअघि शुक्रबार बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले बजेट आइतबार ल्याउने निर्णय सुनाएका थिए।
आगामी आर्थिक वर्षको बजेटमा भौतिक तथा पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी—५१ प्रतिशत रकम विनियोजन गर्ने सिफारिस गरिएको छ। त्यसपछि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याइने प्रस्ताव छ। बाँकी बजेट अन्य क्षेत्रहरूमा विभाजन गरिने महानगर स्रोतले जनाएको छ।
गत शुक्रबार कार्यपालिकाको बैठकमा छलफलपश्चात बजेटको प्रारूप अनुमोदन गरिएको थियो। आज नगरसभा बैठकमा बजेट प्रस्तुत भएपछि छलफल र पारितको प्रक्रिया अघि बढ्ने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे