
काठमाडौं , भाद्र २२ ।काठमाडौं महानगरपालिकाले आज अवैध संरचना भत्काउने क्रममा महराजगञ्ज र बसुन्धरा क्षेत्रका चलाएको छ ।महानगरको टोलीले बिहान महाराजगन्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरु डोजर लगाएका छन् ।
महानगरपालिकाको टोली डोजरसहित पुगेपछि त्यस क्षेत्रका सर्वसाधारणले धमाधम आफनो सामान सुरक्षित स्थानमा सारेका छन् ।
महानगरले दायाँ–बायाँ निर्माण भएका अनधिकृत संरचना हटाउँदै आएको छ ।
काठमाडौँ महानगरपालिकाले हिजो असन, इन्द्रचोकसहितका सडकमा राखिएका फुटपाथ पसल हटाएको थियो ।यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना भत्काउन महानगरले गरेको आग्रह नमानेपछि महानगरीय प्रहरीले आफैले उठाएको थियो ।
साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । महानगरले असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ मिचेर राखिएका भाँडाकुँडा, लत्ता कपडा, खेलौना आदि सामग्रीहरु आजसम्म हटाउन निर्देशन दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे