
काठमाडौँ , १९ भाद्र | काठमाडौं महानगरपालिकाले एक साताभित्र कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरीने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।
महानगरले होटल म्यारियटको डेल्टीन वडा नं १, होटल अन्नपूर्णका क्यासिनो वडा नं १, हाटल र्याडिसनको क्यासिनो वडा नं २, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन वडा नं ६,होटल सोल्टीको माजोङ्ग वडा नं १३, होटल एलफटको बाल्को क्यासिनो वडा नं २६ र मल्ल होटलको बेली क्यासिनो वडा नं २६ लाई कर तिर्न पत्र पठाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे