
काठमाडौँ , १३ भदौ । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गर्न आदेश दिएको छ। निरीक्षण अधिकृत डा। अवधेश झाका अनुसार उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको हो ।
तेलको गुणस्तरमा गुनासो आएपछि महानगरले गत असार ७ गते उत्पादक कम्पनीसँग विवरण मागेको थियो। कम्पनीले खाद्य नियमावलीको उल्लंघन गर्दै गुणवत्तामा मापदण्डको ख्याल नगरी तेल उत्पादन गरेको र उपभोक्तालाई झूटा जानकारी दिएको पुष्टि भएको हो। महानगरको अनुसार माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधिउल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको छैन ।
विभागको निरीक्षणमा कम्पनीले उत्पादन गरेको तेलमा अस्वस्थ्य तत्त्व भेटिएको र त्यसको लेबलमा पनि गलत विवरण उल्लेख गरिएको पाइयो। विभागले जनस्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न र अन्य कम्पनीलाई पनि चेतावनी दिने हेतुले यस्तो कारवाही गरेको जनाएको छ। कम्पनीलाई १५ दिनभित्र जरिवाना रकम बुझाउने निर्देश गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे