
काठमाडौँ, १५ भाद्र । काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोली शनिबार दिनभर विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकू तथा के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे