
नेपालगञ्ज — कर्णाली विकास बैंकमा भएको ठूलो रकम हिनामिनासँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
जेल पठाइनेमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्व अध्यक्ष र एमाले नेता पशुपति दयाल मिश्र, र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरी छन्। अदालतले राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई भने २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बुधबार अदालतले यो निर्णय सुनाएको हो। अदालतका अनुसार कर्णाली विकास बैंकको करिब ३ अर्ब २० करोड रुपैयाँ हिनामिना गरिएको छ।
यो प्रकरणमा जम्मा १०९ जनालाई आरोपित बनाइएको छ, तर तीमध्ये १०३ जना अझै फरार छन्।
एमालेका नेता मिश्रमाथि ८२ करोड रुपैयाँभन्दा बढीको हिनामिनाको आरोप छ भने अन्य प्रतिवादीहरूमाथि पनि करोडौंको घोटाला गरेको दाबी गरिएको छ। यो प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो ९ऋक्ष्द्य० ले गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे