
काठमाडौं , २३ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि समारोह स्थगित गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले जानकारी दिए ।
आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलोपटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुने छन् । दीक्षान्त समारोह स्थापना भएको १३ वर्षपछि गर्न लागिएको हो।
त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो। कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे