
काठमाण्डौ। आज मन्त्रिपरिषदको बैठक केहीबेरमा बस्दैछ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बैठकको तयारी पूरा भइसकेको छ।
बैठकको मुख्य एजेन्डा कार्की आयोगको प्रतिवेदनसम्बन्धी रहेको छ। २४ फागुनमा बुझिएको उक्त प्रतिवेदनमाथि अहिलेसम्म सरकारको कुनै निर्णय छैन।
प्रतिवेदन सार्वजनिक गर्नेबारे विभिन्न पक्षबाट दबाब बढ्दै गएको छ।
आजदेखि जेन–जी अगुवाहरूले प्रतिवेदन सार्वजनिक गर्न दबाब स्वरूप प्रदर्शन सुरु गरेका छन्। यही क्रममै आजको मन्त्रिपरिषदको बैठकमा कार्की आयोगको प्रतिवेदन पेस गरी आवश्यक छलफल हुने तयारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे