
काठमाडौँ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले कार्की आयोग निष्पक्ष छैन भन्ने कुरा प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यो धारणा व्यक्त गरेका हुन्।
पोखरेलका अनुसार, कार्की आयोग र आम निर्वाचन ०८२ को प्रक्रियाले नेपाली समाजमा राजनीतिक र कानुनी वैधानिकता दिन प्रयास गरेको हो। आयोगको प्रतिवेदन र निर्वाचनको परिणामसँगै नेपाली राजनीति अब नयाँ मोडमा प्रवेश गरेको छ।
उनले भने अनुसार, चुनावमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणले नयाँ राजनीतिक शक्ति जन्माएको छ। यसले राष्ट्र र लोकतन्त्र दुवैलाई केही चुनौती दिन सक्छ।
पोखरेलले सुझाए अनुसार, नयाँ शक्ति र नेताहरूलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने मौका दिनु र जनतालाई प्रत्यक्ष अनुभवबाट मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्छ। तर उनले स्पष्ट पारे, लोकप्रियता र अवसरवादले वर्तमान चुनौतीको समाधान दिन सक्दैनन् र दीर्घकालीन विचारधारात्मक विकल्प पनि होइन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे