
काठमाडौँ , जेठ १३ । आरोही कामीरिता शेर्पाले आफ्नो कीर्तिमान फेरि तोड्दै ३१ औँ पटक सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। मंगलबार बिहान ४ बजे उनले सगरमाथाको शिखरमा पाइला राखेर यसअघि आफूले नै बनाएको विश्व कीर्तिमानमा नयाँ अध्याय थपेका हुन्।
गएको वर्ष उनले २९ औँ र ३० औँ पटक सगरमाथा आरोहण गरेका थिए, जसले उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा धेरै पटक आरोहण गर्ने कीर्तिमानी आरोही बनाएको थियो।
५५ वर्षीय शेर्पाको जन्म सोलुखुम्बु जिल्लाको सगरमाथा आधारशिविर नजिकै रहेको थामे गाउँमा भएको हो। उनले लामो समयदेखि पर्वतारोहण क्षेत्रमै समर्पित रही नेपाल र विश्वभरबाट आएका आरोहीहरूको मार्गदर्शन गर्दै आइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे