
काठमाडौं — कामना सेवाविकास बैंकले काठमाडौं, बसुन्धरास्थित महेन्द्र नारायण निधी मेमोरियल अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरुले उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवा र सुविधा मध्ये १५ प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाण प्रस्तुत गरेपछि यो सुविधा सजिलै प्राप्त गर्न सक्नेछन्।
कामना सेवाविकास बैंकले यस सम्झौताबाट बैंकसँग आबद्ध सबै महानुभावहरूले विशेष लाभ लिन सक्ने विश्वास व्यक्त गरेको छ।
सम्झौतामा बैंकको तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्र नारायण निधी मेमोरियल अस्पतालका अध्यक्ष कपिल ज्ञवालीले हस्ताक्षर गरेका छन्।
यस सहकार्यले बैंकका कर्मचारी तथा ग्राहकलाई स्वास्थ्य सेवामा सहज पहुँच र आर्थिक राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे