
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मोरङ, विराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ। सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले पारस अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका अनुसार ग्राहकले बैंकसँगको आबद्धता प्रमाणित गर्ने कागजात पेश गरेपछि यो सुविधा सहज रूपमा प्राप्त गर्न सकिनेछ।
बैंकले सम्झौताले आफ्नो ग्राहक, कर्मचारी तथा सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा उल्लेखनीय राहत मिल्ने विश्वास व्यक्त गरेको छ।सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गर्नुभयो।
स्वास्थ्य सेवामा पहुँच र सहजता विस्तार गर्ने उद्देश्यसहित गरिएको यो सहकार्यले दुबै संस्थाबीचको सम्बन्ध थप मजबुत हुने बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे