
काठमाडौँ, ३० श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरीकता विधेयक फिर्ताको स्वागत गरेका छन् । सामाजिक सञ्जाल मार्फत नागरिकता विधेयक विभेदकारी र राष्ट्रहित विपरितको भन्दै थापाले पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक भएको बताएका छन्।
थापाले राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह गरेको जिकिर गरेका छन् । उनलले संसदले हठ प्रदर्शन गरेको औल्याउदै नागरीकता बिधेयकको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्नै माग गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।
अब संसदले हठ प्रदर्शन नगरोस्।ढिलोगर्ने काम सरकारले गरेको हो।अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे