
काठमाडौँ — अहिले हलमा प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ ।काठमाडौँको सिभिल मलमा आइतबार साँझ फिल्म हेर्ने क्रममा मुगु घर भएका फुर्वा लामाले आफूलाई दुव्र्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन । मिरुनाको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । फुर्वालाई न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीमा राखिएको छ ।
उक्त घटनासँग सम्वन्धित एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ । भिडियोमा अब आइन्दा कसैलाई यस्तो गरिस भने ‘डु यु थिंक इट्स जोक’ भन्दै थर्काएर मिरुना हिँड्छिन् । लामाको रिहाईको माग गर्दै जुम्ली समाज काठमाडौँले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।आक्रोशित दर्शकले हलहरूमा प्रदर्शन गर्दै मंगलबार फिल्म प्रदर्शन बन्द गराएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे