
२९ जेठ, काठमाडौं — उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो प्रहार गरेका छन्। उनीहरू थारुको कार्यकक्षमै प्रवेश गरी मोसो प्रहार गरेका हुन्।
घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। थारुसहितको इजलासले केही दिनअघि ज्यानसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो। यही फैसलाप्रति असन्तुष्टि जनाउँदै “जनविरोधी निर्णय” भन्दै न्यायाधीशमाथि मोसो प्रहार गरिएको नेकपा बहुमत निकट कार्यकर्ताहरूको दाबी छ।
घटनापछि अदालती सुरक्षा प्रबन्धप्रति प्रश्न उठेको छ भने कानुनी समुदायले न्यायालयप्रति आक्रोश प्रकट गर्ने यो शैली अस्वीकार्य भएको बताएका छन्।
प्रहरी अनुसन्धान अन्तर्गत रहेको घटनाको थप विवरण सार्वजनिक गरिन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे