
काठमाडौं , चैत १० । रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।
उनको बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो । उनको आज दाहसंस्कार गरिने जनाइएको छ ।
लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे