
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीले सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । तर, नयाँ मन्त्रीको नाम भने तय भइनसकेको उनको भनाइ छ ।
यादवले नयाँ मन्त्रीहरुको नाम पनि बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको बुझिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरू हुन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे