
काठमाडौं — लुम्बिनी प्रदेशकी प्रदेशसभा सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। जनताको करबाट तलब लिँदा आत्मग्लानी महसुस भएको र पदमा बसेर केही गर्न नसकेको भन्दै उनले राजीनामा दिएको जनाएकी छिन्।
सभामुखलाई बुझाएको राजीनामा पत्रमा गुरुङले जनताको सेवाका लागि आफूलाई राखिएको आशा पूरा गर्न नसकिएको महसुस भएको उल्लेख गरेकी छन्। “मप्रति जनताको भरोसा कमजोर हुँदै गएको देखेपछि पदमा रहन उपयुक्त लागेन,” उनले लेखेकी छिन्।
समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेकी गुरुङले देश र जनताको अवस्था गम्भीर रहेको भन्दै सबैभन्दा महत्वपूर्ण कुरा जनताको पीडा बुझ्नु हो भनेर राजीनामा दिएकी हुन्। जनमत पार्टीकी नेतृ गुरुङको यो निर्णय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे