
काठमान्डौ |गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन्र । आइतबार काठमाडौँमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।उनीहरुलाई दुव्र्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको बताए ।
मन्त्री खाँणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । दुव्र्यसनमा फसेका युवालाई सुधार्न विषेश अभियान थाल्नुपर्नेमा जोड दिए ।
आउने दिनमा सरकारले अझै बढी ध्यान दिने, जनजागरुकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्र्यसनमा फसेका युवाहरुलाई सुधार्ने अभियान थाल्नुपर्नेमा उनले जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे