
काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनु राम्रो कदम भएको बताएका छन्।
करिब ९०७ पृष्ठको यो प्रतिवेदन अन्तिम समयमा भए पनि सार्वजनिक गरिएकोमा उनले सकारात्मक प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जालमार्फत उनले प्रतिवेदनले त्यस समयमा भएका गम्भीर कमजोरीहरू बाहिर ल्याएको बताएका छन्।
उनका अनुसार २३ गतेको घटनामा तत्कालीन सरकारका व्यक्तिहरूको ठूलो गल्ती देखिन्छ भने केही समूहले आन्दोलन भड्काउन भूमिका खेलेको पनि उल्लेख गरिएको छ। त्यस्तै २४ गतेको घटनामा राज्यका विभिन्न निकायहरू कमजोर भएर काम गर्न नसकेको स्पष्ट देखिएको उनले बताएका छन्।
प्रतिवेदनमा दोषीमाथि कारबाही, राम्रो काम गर्नेलाई पुरस्कार र शासन प्रणाली सुधारका लागि विभिन्न सुझावहरू पनि दिइएको छ। भट्टराईले अब यो प्रतिवेदनलाई गम्भीर रूपमा लिएर लागू गर्ने कि नगर्ने भन्ने कुरा आगामी सरकार, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी को हातमा रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे