
काठमाडौँ ,२२ भाद्र |नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको बताएका छन् ।
बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली सच्याउनका निम्ति अर्को आन्दोलन आवश्यक भएको बताए । साथै प्रचण्डले युवा विद्यार्थीहरु सडकको हिरो भएको र सडक नतताएसम्म देशले गति नलिने बताए ।
उनले भने, ‘समाजवादी क्रान्तिकारीको जिम्मेवारी लिने अब युवाको हो। के तपाईहरु जिम्मेवारी लिन तयार हुनुहुन्छ ?साथै सोहि कार्यक्रमा बोल्दै जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे