
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आफूले कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य नराखेको स्पष्ट गरेकी छन्।
‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु गर्ने कार्यक्रममा उनले “कुनै धर्मले महिलालाई पीडा देऊ भन्दैन” भन्ने क्रममा विभिन्न धर्मका उदाहरण उल्लेख गरेकी थिइन्। यसबारे केही संघ–संस्थाले आपत्ति जनाएपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी हुन्।
प्रधानमन्त्री कार्कीका अनुसार आफ्नो भनाइ गलत अर्थ लगाइयो, तर सभी धर्मप्रति सम्मान आफूमा रहेको र शान्ति र सद्भाव कायम राख्न सबैलाई आग्रह गरिएको बताइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे