
काठमाडौँ ,२७ असोज | निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचनमा मत सर्वेक्षण गर्न रोक लगाएको छ ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भइरहेकाले आचारसंहिता विपरीत सामाजिक सञ्जाल प्रयोग गरी मत सर्वेक्षण गर्न नपाइने बताएको हो ।
आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने चेतावनी दिएको छ ।आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गदैँ निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण नगर्न आग्रह गरेको हो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे