
काठमान्डौ| सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।
‘विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा, विकृति र विसंगतिलाई अन्त्य गर्दै समाजलाई पनि लाभान्वित गर्न आचारसंहिता प्रभावकारी हुने अपेक्षा गरेको छु,’ उनले बताए । बोर्डले तयार पारेको आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।
‘आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसंगति र विकृतिलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुन सक्दछ उनले भने, ।कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सरोकारवाला पक्षहरुसँगको लामो छलफलपछि आचारसंहिता जारी भएको जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे