
एजेन्सी| इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार दिउँसोसम्म इजरायली बन्धकहरूलाई हमासले फिर्ता नगरेमा गाजामा युद्धविराम समाप्त गरी कडा युद्ध सुरु गर्ने चेतावनी दिएका छन्।
हमासले अर्को सूचना नभएसम्म बन्धकहरूलाई मुक्त नगर्ने भनेपछि, इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सेनालाई गाजा क्षेत्रमा उच्च सतर्कतासाथ जम्मा हुन आदेश दिइसकेका छन्।
नेतान्याहुले हमासको कब्जामा रहेका सबै ७६ बन्धकहरूको रिहाईको माग गरेका छन्, यद्यपि शनिबार तीन जनाको रिहाई हुने कुरा भने खुलाएका छैनन्। अर्कोतर्फ, एक इजरायली मन्त्रीले भने प्रधानमन्त्रीले सबै बन्धकलाई रिहा गर्न आग्रह गरेको जानकारी दिएका छन्।
यसै बीच, हमासले इजरायलले तीन हप्ता अघि भएको युद्धविराम सम्झौतामा उल्लङ्घन गरेको आरोप लगाउँदै, अत्यावश्यक मानवीय सहायता अवरुद्ध गरेको बताएको छ। इजरायलले भने, हमासको दाबीलाई खारेज गर्दै अस्वीकार गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे