
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फ नेकपा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ। उक्त क्षेत्र पोखरेलको गृह क्षेत्रसमेत हो।
आइतबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवार बनाउने निर्णय गर्दै सर्वसम्मत सिफारिस गरेको हो। बैठकले पार्टीको संगठनात्मक अवस्था, स्थानीय समर्थन र अनुभवलाई आधार मानेर पोखरेलको नाम अघि सारेको जनाइएको छ।
पार्टी नेतृत्वमा लामो समय योगदान दिएका पोखरेलको उम्मेदवारीले क्षेत्र नं. ५ मा एमालेको चुनावी रणनीति बलियो बनाउने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे