
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा गएपछि पार्टीको नेतृत्व अस्थायी रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ। ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान गएका छन्।
त्यसैले एमालेको विधानअनुसार अध्यक्ष नभएको बेलामा वरिष्ठ उपाध्यक्षले कार्यवाहक अध्यक्षको जिम्मेवारी लिने व्यवस्था रहेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार पोखरेलले अहिले पार्टीको जिम्मा सम्हाल्ने छन्। ओली साउन २३ गते राति नेपाल फर्कने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे