
काठमाडौं १८ फागुन । यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतसँग २ अर्ब पाउन्डको ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी कांग्रेसमा सैन्य सहायता रोकिएपछि जेलेन्स्की बेलायत पुगेका हुन्। त्यहाँ शनिबार उनलाई बेलायती प्रधानमन्त्री केयर स्टारमरले न्यानो स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताए। स्टारमरले न्यानो स्वागत गर्दा जेलेन्स्की मुस्कुराइरहेको तस्बिर सार्वजनिक भएको छ।
स्टारमरले जेलेन्स्कीसँग भने, ‘हामी त्यतिबेलासम्म युक्रेनका पक्षमा उभिनेछौँ, जतिबेलासम्म आवश्यकता पर्छ।’ सम्झौता अन्तर्गत बेलायतले यूक्रेनलाई सैन्य उपकरण तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ। जेलेन्स्कीले बेलायती समर्थनप्रति आभार व्यक्त गर्दै युद्धकालीन कठिन परिस्थितिमा यो सहायता महत्त्वपूर्ण हुने बताए।
यसअघि, अमेरिकामा सैन्य सहयोगबारे छलफल गर्न जाँदा जेलेन्स्की र अमेरिकी सांसदहरूबीच चर्काचर्की भएको थियो। यूक्रेनलाई थप सहायता दिने विषयमा रिपब्लिकन सांसदहरू विभाजित देखिएका छन्, जसले जेलेन्स्कीको अमेरिकी भ्रमणलाई प्रभावित बनायो।
युद्धका कारण आर्थिक संकट सामना गरिरहेको यूक्रेनका लागि बेलायतसँगको सम्झौता राहतको रूपमा आएको छ। प्रधानमन्त्री सुनकले पनि यूक्रेनको दीर्घकालीन सुरक्षाका लागि बेलायत प्रतिबद्ध रहेको दोहोर्याएका छन्। जेलेन्स्की अन्य युरोपेली नेताहरूसँग पनि भेटवार्ता गर्ने तयारीमा छन्, जसबाट यूक्रेनले थप सहयोगको आशा राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे