
काठमाडौँ । इरानले अन्तर्राष्ट्रिय समुद्री संगठनलाई जानकारी दिँदै “शत्रु नभएका” जहाजहरू होर्मुज जलडमरूमबाट सुरक्षित रूपमा जान सक्ने जनाएको छ। इरानका अनुसार, त्यस्ता जहाजहरू भनेका ती हुन् जसले इरानविरुद्धको आक्रमणमा साथ दिँदैनन् वा संयुक्त राज्य अमेरिका र इजरायलसँग सम्बन्धित छैनन्।
पछिल्लो समय अमेरिका–इजरायलसँगको तनावका कारण धेरै तेल ट्याङ्करहरूले यो मार्ग प्रयोग गर्न छाडेका छन्। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही बाटो हुँदै जान्छ।
इरानले आफूले औपचारिक रूपमा जलडमरूम बन्द नगरेको तर सुरक्षा कारणले केही कडा कदम चालेको जनाएको छ। अहिले पनि केही जहाजहरूलाई जान दिइएको देखिएको छ, तर धेरै जहाजहरू अझै रोकिएका छन्।
उता डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग वार्ता भइरहेको बताएका छन्। इरानले भने औपचारिक वार्ता नभए पनि अप्रत्यक्ष रूपमा सन्देश आदानप्रदान भइरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे