
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि आगामी पुस ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन सम्पन्न गरिसकेपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री गर्न लागेको हो।
कम्पनीले कुल निष्काशनमध्ये कर्मचारीका लागि ५७ हजार ७९८ कित्ता सेयर सुरक्षित गरी बाँकी ९ लाख २२ हजार ७६८ कित्ता सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ। आईपीओ बुक बिल्डिङ विधिमार्फत मूल्य निर्धारण गरिएको हो।
बुक बिल्डिङ प्रक्रियाबाट प्रतिकित्ता सेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको छ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। निर्धारित अवधिभित्र पर्याप्त आवेदन परेमा सोही मितिमै निष्काशन बन्द गरिने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे