
काठमाडौँ, २६ असार । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आज (असार २६ गते)देखि बिक्री खुला भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँड गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्न लागेकोे हो ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।
अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।
यस आईपीओमा लगानीकर्ताले असार २९ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा साउन ९ गते बैंकिङ समय आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे