२८ असार ,काठमाडौँ | हिमालयन हाइड्रोपावरकोले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो ।
उक्त आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकले आवेदन दिएका थिए ।१ हजार ६११ आवेदन रद्द भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे