
काठमाडौँ, १३ बैशाख । मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको उक्त आइपिओमा १२ लाख ४४ हजार ३८५ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ताको लागि आवेदन दिएका थिए । आइपिओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट भएको हो। जसमा ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तिनैमध्ये भाग्यमानी ४ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यो आईपीओमा करिब १० लाख ८५ हजार २४८ आवेदकको हात खाली भएको छ।
कम्पनीले गत वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित मूल्यमा १० लाख ८५ हजार १६७ कित्ता आईपीओ बिक्री गरेको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको थियो।
बाँकी ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको यिथो। बाँकी ९ लाख ३४ हजार ९१४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार लगानीकर्ताले वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, दोल्ती पावर कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे